
दैलेखः विश्व वातावरण दिवसको अवसरमा दैलेखमा विभिन्न प्रजातिका बिरुवा रोपिएको छ । जिल्लाको नारायण नगरपालिका ६ मा रहेको वेलासपुरमा वृक्षारोपण गरिएको हो । वातावरण दिवशको अवसर पारेर नारायण नगरपालिका दैलेख र जिल्ला वन कार्यालय दैलेखको सहकार्यमा ५० वटा भन्दा वढि विरुवा रोपिएको नारायण नगरपालिका वडा नम्बर ६ का बडा अध्यक्ष जनक न्यौपानेले बताए । यस्तै, एनएमवी बैँक दैलेख शाखाको आयोजनामा पनि विश्व वातावरण दिवशको अवसर पारेर वृक्षारोपण गरिएको जनाईको छ ।










